आगामी तीन दिनको मौसम अनुमान



हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तेस्तै हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, राति देशको पहाडी भूभागमा आंशिक बदली रही बांकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार दिउँसो र राति देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, शनिबार दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहिबार  ३ : ४८ बजे