कांग्रेस युबानेता बस्नेतद्वारा स्वास्थ्य चौकी निर्माणका लागि तीन रोपनी जग्गा प्रदान



नेपाली कांग्रेस सोलुखुम्बुका नेता राजनजंग बस्नेतले लिखुपिके गाउँपालिका वडा नं ५ किन्जामा स्वास्थ्यचौकी निर्माणका लागि नि:शुल्क जग्गादान गरेका छन् ।युबानेता बस्नेतले स्वर्गीय बुवा पुण्यध्वज बस्नेतको स्मृतिमा जिल्लाको लिखुपिके गाउँपालिका वडा नं ५ किन्जामा स्वास्थ्य चौकी निर्माणका लागि ३ रोपनी जग्गा नि:शुल्क उपलब्ध गराएका हुन।

लिखु हाइड्रोपावरले सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने रकमले सो जग्गामा बर्थिङ सेन्टर , ल्याव र भिडियो एक्सरे लगायतका सेवाहरु सहितको स्वास्थ्य चौकी निर्माण हुने वडाअध्यक्ष निमछिरी शेर्पाले बताए।

लिखुपिके र आसपासका जनता लाई स्तरीय स्वास्थ्य सेवा पुर्याउनका लागी आफुले जग्गादान गरेको युबानेता बस्नेतले जानकारी दिए । स्वास्थ्य चौकी निर्माण, आवश्यक पुर्वाधार र जनशक्तिका लागि पनि हाइड्रोपावर , गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारसंग आवश्यक छलफल गर्दै अगाडि जाने सहमती भएको उनले बताए ।

 

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहिबार  ८ : २२ बजे