दाहाल परिवार द्धारा स्वास्थ्याचैकीलाई ३ करोडको जग्गा निशुल्क प्रदान



नेपाली कांग्रेसका नेता तथा समाजसेवी बद्रीनाथ दाहाल र उवाहाका भतिजाहरुले स्वास्थ्य चैकीलाई निशुल्क जग्गा प्रदान गर्नु भएको छ । मोलुङ गाउपालिका वडा नम्बर २ स्थित रामपुर स्वास्थ्य चैकीलाई दाहाल परिवारले ९ रोपनी जग्गा प्रदान गर्नुभएको हो । विहिवार जिल्ला मालपोत कार्यालय ओखलढुंगामा आएर स्वास्थ्य संस्थालाई उक्त जग्गा राजिनामा पास गरिदिनुभएको मोलुङगाउपालिका स्वास्थ्य शाखा प्रमुख वेदहरी दाहालले जानकारी दिनुभयो ।

बद्रीनाथ दाहालले ५ रोपनी ५ आना र चर्तुभूज दाहाल,सन्तोष दाहाल, उत्तम दाहाले ३ रोनी ३ रोनी ११ आना गरी ९ रोपनी जग्गा निशुल्क प्रदान गरेको स्वास्थ्य व्यवस्थापन समिति रामुरका उपाध्यक्ष प्रकाश दाहालले जानकारी दिनुभयो । नेपाल सरकारले निर्माण गर्न लागेको गाउपालिका स्तरिय १५ शैयाको अस्पताल निर्माणका लागि आफुहरुले जग्गा निशुल्क प्रदान गरेको जग्गादाता बद्रीनाथ दाहालले बताउनुभयो ।

स्थानीय स्तरमा स्वास्थ्यको पहुच बृद्धिका लागि गाउपालिका स्तरिय अस्पताल निर्माण गर्ने शर्तमा उक्त जग्गा प्रदान गरिएको वाहाको भनाइ छ । हाल उक्त जग्गाको बजार मूल्य प्रतिआना २ लाखका दरले कारोवार हुने भएकाले ९ रोपनी जग्गाको हालको मूल्य करिव ३ करोड हुन आउने जग्गादाताहरुले बताएका छन् । ग्रामिण भेगमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र नागरिकको स्वास्थ्य सेवालाई सहज र सरल बनाउने अभिप्रायका साथल उपलब्ध गराइएको जग्गामा चाडौ अस्पताल निर्माण हुने बताइएको छ ।

उक्त जग्गामा हाल पाँच वेडको सुरु गरेर विस्तारै १५ वेडको अस्पताल निर्माण गरिने योजना रहेको वडा अध्यक्ष टंकबहादुर कार्कीले बताउनुभयो । चाडौ अस्पताल निर्माण हुने मोलुङ गाउपालिकाबासीले गरेको आशालाई निराशामा परिणत हुन नदिन जग्गा दाता बद्रीनाथ दाहालले मोलुङ गाउपालिका लाई अनुरोध गर्नु भएको छ । नागरिकको स्वास्थ्य सेवामा पहुच बृद्धि गर्ने उद्देश्यका साथ खुल्ला मनले बहुमूल्य जग्गा स्वास्थ्य संस्थालाई निशुल्क प्रदान गर्नुभएकोमा रामुर स्वास्थ्यचौकी र मोलुङगाउपालिकाबासीले बद्रीनाथ दाहाल लगायत जग्गादाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  ६ : ४२ बजे