उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट भएको छ।
विस्फोटबाट कार्यालयका झ्यालढोकाका सिसा फुटेका छन् भने भवन चर्किएको स्थानिय सञ्चारकर्मिले बताएका छन्।
कार्यालयको गेटमा राखिएको अर्को बम भने नेपाली सेनाको टोलीले डिस्पोज गराइरहेको छ।
गएराति सवा १ बजे कार्यालयको सहायता कक्ष रहेको बरन्डामा विस्फोट भएको थियो ।विस्फोटबाट कार्यालयको दराज, सिसा र फर्निचरमा समेत क्षति पुगेको छ।
अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ भने अहिलेसम्म बम कसले बिस्फोट गरायो भन्ने खुल्न छैन।








