पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९ सय ८० जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख २२ हजार २ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख २ हजार ६७ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








