कोरोना अपडेट : बिश्वभर मृत्यु हुनेको संख्या १४ लाख नाघ्यो



विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार १४ लाख २ हजारको कोरोनाबाट मृत्यु भएको छ ।

विश्वभर कुल कोरोना संक्रमितको संख्या ५ करोड ९५ लाख १५ हजार पुगेको छ ।

जसमध्ये ४ करोड ११ लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड २७ लाख कोरोना संक्रमित भइसकेका छन् ।

जसमध्ये २ लाख ६३ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९१ लाख संक्रमितमध्ये एक लाख ३४ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा ६० लाख संक्रमितमध्ये एक लाख ६९ हजारको मृत्यु भएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् ।

फ्रान्समा २१ लाख ४४ हजार संक्रमित संख्यामध्ये ४९ हजारको मृत्यु भइसकेको छ ।

रुसमा २१ लाख संक्रमितमध्ये ३६ हजारको मृत्यु भएको छ ।

स्पेनमा १६ लाख संक्रमितमध्ये ४३ हजारको मृत्यु भइसकेको छ ।

बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५५ हजारको मृत्यु भएको छ ।

इटालीमा १४ लाख संक्रमितमध्ये ५० हजारको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ३७ पुगेको छ ।

अहिलेसम्म २ लाख २२ हजार २ सय ८८ संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  ५ : ५३ बजे