नेपाल तरुणदल मोलुङ गाउपालिका वडा नम्बर १ ले दिशंगत तरुण नेता परनेश खत्रीको सम्झनामा फूल साँघु तारेको छ । नेपाल तरुण्द वडा नम्बर १ कुन्तादेवीका पूर्व संयोजक स्व.प्रनेश खत्रीको संझनामा आज मोलुङगा खोलाको त्रिवेणी धममा फूलसाँघु तारेको हो ।
धार्मीक सहिष्णुता कायम गर्दै स्वर्गिय परनेश खत्रीको चिरशान्तीको कामना गर्न फूलसाँघु तार्ने कार्यक्रम राखिएको नेपाल प्रजातान्त्रीक महासंघका जिल्ला अध्यक्ष तथा नेपाल तरुण दल केन्द्रीय प्रतिनिधि धनबहादुर बाँनीयाले जानकारी दिनुभयो । युवा तरुणहरुले आफ्ना दिवंगत नेताहरुलाई सम्झन र श्रद्धाञ्जली अर्पण गर्न नयाँ तरिकाले कार्यक्रमको आयोजना गर्नु स्वागतयोग्य भएको वाहाको भनाइ छ । मंसिरे ठुली एकादशीको अवसर पारेर दिबंगत आत्माको नाममा फुल तार्दा सजिलै पितृ उद्धार जनविश्वास रही आएको छ ।
फुल साँघु तार्दा खोलाको विचमा अस्थायी फड्के पुल बनाएर खोला वारपार गरिन्छ । यसरी बनाइएको फड्के पुलबाट अन्य जो कोही वटुवाहरुले समेत खोलो तर्न सक्ने नेपाल तरुणदल मोलुङ गाउपालिका वडा नम्बर १ का संयोजक रमेश पौडेलले बताउनुभयो । मोलुङ खोला स्थित जलजलेमा बाँसको अस्थायी फड्के बनाएर फुल तारिएको हुँदा सो फड्केको सहाराले अपांगता भएका व्यक्ति,ज्येष्ठ नागरिक तथा अशंक्तहरुलाई खोलो तर्न सहज हुने वाहाले बताउनु भयो ।
दिशंगत आत्माको सम्झनामा राजनीतिक संगठनले फूलसाघु तारेर पितृउद्धारको कामना गरेको यो नयाँ अनुभव भएकोे पौडेलले बताउनुभयो । युवाहरुको सकृयतामा गरिएका यस्ता धार्मीक तथा संस्कृतिक कार्यले समाजमा धार्मीक सहिष्णुता कायम हुने र मानीसहरुमा विस्तारै सेवाभावको विकास हुँदै जाने स्थानीयले बताएका छन् ।








