भारतले नेपाललाई कोरोना भ्याक्सिनमा सहयोग गर्ने भएको छ ।
आज सिंहदरबारमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिव हर्षवर्द्धन शृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
सचिव शृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गरे ।
भेटपछि विदेश सचिव शृङ्गलाले भारत सरकारका तर्फबाट नेपाललाई सहयोग प्रदान गरेको दुईहजार भाइल रेम्डिसिभिरलगायत स्वास्थ्य सहायता हस्तान्तरण गरेका छन् ।
उनि नेपालको औपचारिक भ्रमणका क्रममा आजै मात्र नेपाल आइपुगेका हुन ।








