ओखलढुंगा कांग्रेस आजवाट वी पि स्मृति भवनमा



नेपाली कांग्रेस ओखलढुंगा आजबाट नवनिर्मित पार्टी कार्यालय वी पि स्मृति भवनमा सरेको छ । बैद्धिक विधिअनुसार आज उत्तम साइत भएको र पूनः साएत जुराइरहन नपर्ने भएकाले कार्यालय सारेको हो । कार्यालय सञ्चालनका लागि आफ्नै भवन नहुँदा सामान्य काम कोठाभाडामा लिएर बर्षौ विताएको कांग्रेसले आफ्नो घर बनाएर कार्यालय सारेकोमा पार्टी नेता तथा कार्यकर्ताहरुमा खुसी छाएको छ ।

सधै भाडामा बस्नु पर्दा आइपर्ने समस्याहरु आफ्नै कार्यालय भएपछि टर्ने भन्दै नेपाली कांग्रेसमा आवद्ध सम्पूर्ण नेता कार्याकर्ताहरुको मन घर जस्तै एक ढिक्का भएर आगामी निर्वाचनमा जित हासिल गर्ने संविधानसभा सदस्य रामहरी खतिवडाले बताउनुभयो । भौतिक संरचना निर्माण संगै पार्टीको संगठन सुदृढिकरणका लागि सबै नेताहरु एक भएर लाग्न वाहाले अनुरोध गर्नुभयो । विभिन्न तह र तप्का बाट आर्थिक एवं भौतिक सहयोग प्राप्त भएकाले मात्र भवन निर्माणकार्यले सफलता प्राप्त गरेको भन्दै आफ्नो तर्फवाट २ लाख पचास हजार नगद सहयोग गर्ने जिल्ला सभापति प्रदीप कुमार सुनुवारले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भवन निर्माणले पूर्णता पाइनसकेपनि आजै साइत परेकाले सामान्य पुजा गरी कार्यालय सारेको नेपाली कांग्रेसका उपसभापति तेजेन्द्र खनालले बताउनुभयो । अहिले भवनको एउटा कोठाबाट कार्यालय सञ्चालन गर्दै जाने र फिनिसिङको काम पनि संग संगै गर्दै लौजाने वाहाले बताउनुभयो । तिन तला ढलान भइसकेको कार्यालयको विद्युत जडान,रङरोगन, झ्यालढोका लगायतको काम भैरहेको छ ।

तिन ढलान गर्नका लागि अहिले सम्म ५६ लाख ८१ हजार ८ सय ४४ खर्च भएको भवन निर्माण समितिका संयोजक कुमार बहादुर श्रेष्ठले जानकारी दिनुभयो । पार्टीका विभिन्न तहमा रहेका नेता, भातृ सुभेच्छुक संस्थाका सदस्य तथा पार्टीका शुभेच्छुकहरुबाट हाल सम्म ४४ लाख ३४ हजार ३ सय १६ रुपौंया संकलन भएको र वीपि स्मृति भवनका खातामा १० लाख पुरानै रकम रहेको वाहाले बताउनुभयो । भवनको फिनिसिङ, बाँकी रकम भुक्तानी गरी भवन निर्माण सम्पन्न गर्नका लागि पार्टीका सबै नेता कार्यकर्ताहरुले अभियानका साथ रकम उठाउन लग्नु पर्ने निर्माण समितिका सदस्य सर्वधन तामाङले बताउनुभयो ।

पार्टी कार्यालय निर्माणका लागि रकम र जिन्सी सामाग्री सहयोग गर्ने सम्पूर्ण महानुभावहरु प्रति निर्माण समितिले धन्यवाद ज्ञापन गर्दै तीन हजार भन्दा माथि सहयोग गर्नेहरुको नाम ताम्रापत्रमा लेखिने बताइएको छ । भवनको जम्मा लागत १ करोड ९ लाख निकालिएको थियो ।

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहिबार  १२ : २६ बजे