गुल्मीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते



गुल्मीमा सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।गुल्मीको इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो।नौ जना सवार रहेको जिप शुक्रबार बिहान भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय गुम्मीका एसपी प्रविणलाल श्रेष्ठले बताए।

दुर्घटनामा परेर इस्मा वडा नम्बर ४ का ३३ वर्षका धनबहादुर अछामी, ६५ वर्षका डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, मालिका गाउँपालिका वडा नम्बर ५ की करिब ८० वर्षिया सुन्दरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।उनका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ। जिपमा रहेकामध्ये एक जना सकुशल छन्।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ४ : १८ बजे