२४ घन्टामा १७ सय ३ नयाँ संक्रमित थपिए , २३ जनाको मृत्यु,



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १७ सय ३ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै गत २४ घन्टामा २३ जनाको मृत्यु भएको छ ।

आज १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ९ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार  ११ : ४० बजे