ओखलढुंगको सरस्वती मावि खानीभञ्ज्याङमा अध्यापन अनुमति पत्र विनानै शिक्षक नियुक्त गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाको छोरा मुकेश सम्शेर थापालाई विना लाइसेन्स शिक्षक नियुक्ति गरिएको हो ।
शिक्षक आवश्यक्ताको सूचना आम सर्वसाधारणले जानकारी पाउनेगरी सार्वजनीक नगरी अध्यक्षले आफ्नो छोरालाई शिक्षक बनाएको स्थानीयले आरोप लगाएका छन् । विद्यालयले शिक्षक आवश्यक्ताको विज्ञापन २ पटक सम्म प्रकाशन गरेको विद्यालयले जनाएको छ । उक्त विज्ञापन सबैको पहुचमा नपुगेको अभिभावकहरुले बताएका छन् । विद्यालयको सूचना पार्टीमा मात्र सूचना प्रकाशन गर्दा योग्य उमेद्धवारले सूचना नपाएर दरखास्त नपरेको र सोही वाहानामा अध्यक्ष थापाले लाइसेन्स नएपनि छोरालाई एकल उमेद्वार बनाएर शिक्षक नियुक्ति गरेको पाइएको सरस्वती मावि खानीभञ्ज्याङ अभिभावकहरुले गुनासो गरेका हुन् ।
चिशंखुगढी गाउपालिकाको शिक्षा नियामावली २०७६ मा करारमा शिक्षक नियुक्ति गर्दा अध्यापन अनुमति पत्र प्राप्त गरेका योग्यता पुगेका व्यक्तिलाई नियुक्ति दिने व्यवस्था गरेको छ । तर आफैले बनाएको ऐन तथा नियामावली लाई लत्याएर गाउपालिकाले शिक्षक नियुक्ति दिने अनुमति दिएको बताइएको छ । विद्यालयले खुलाएको विज्ञापन कुनै सञ्चारमाध्याम बाट प्रकाशन प्रसारण गरिएको छैन भने पालीकाको वेभसाइटमा समेत राखेको पाइएको छैन् । यसरी गोप्य रुपमा सूचना प्रकाशन गरी आफूअनुकुलका र पारिवारीक व्यक्तिलाई नियुक्ति दिनुले योग्यता पुगेका अन्य व्यक्तिहरु अवसर बाट बञ्चित भएका छन् ।
गाउपालिकाले आफुअनुकुल शिक्षक नियुक्ति सरुवा वढुवा, अवकास लगायतका विषयलाई केन्द्रभागमा राखेर काम गरिरहेको स्थानीय एवं नागरिक समाजका अगुवा गोपालमान थापाले बताउनुभयो । गाउपालिका भित्रका अधिकांश विद्यालयहरुको विद्यालय व्यवस्थापन समिति गठन भैसकेपछि पालिकाले बनाएको स्थानीय शिक्षा ऐन तथा नियामावली संसोधन गरी थापालाई अध्यक्ष बनाएको थियो ।
सुरुमा जनप्रतिनिधिहरु विद्यालय व्यवस्थापन समितिमा बस्न नपाउने गरी बनाइएको शिक्षा ऐन एक जना जनप्रतिनिधिको व्यवस्थापनका लागि संसोधन गरिएको भन्दै कतिपय कार्यपालिका सदस्यहरुले असन्तुष्टी जनाउदै आएका छन् । आफैले निर्माण गरेको ऐनलाई लत्याउदै गाउपालिकाले अध्यापन अनुमति पत्र नभएकालाई नियुक्त दिन सिफरिस गरेको प्रति गाउपालिकाको सर्वत्र आलोचना हुदै आएको छ ।
पछिल्लो समयमा चिशंखुगढी गाउपालिका शिक्षक सरुवा, नियुक्ती तथा अवकास जस्ता कुरामा गैह्र जिम्मेवार ढंगले प्रस्तुत हुँदा गाउपालिका भित्रको शैक्षिक क्षेत्र तहस नहस हुने अवस्थामा पुगेको गाउकार्यपालिका सदस्य काजीमान राइले बताउनुभयो । विद्यालयले विज्ञान शिक्षक आवश्यक्ताको विज्ञापन २ पटक सम्म टाँस गर्दा पनि अध्यापन अनुमति पत्र भएकाहरु कसैको दरखास्त नपरेकोले गाउपालिका संग अनुमति लिएर पूनः सूचना प्रकाशन गर्दा एक जना (मुकेश) को मात्र दरखास्त पर्न आएकाले निजलाई नियुक्ति दिइएको सरस्वती मावि खानीभञ्ज्याङका प्रधानाध्यापक नेत्र बहादुर थापाले बताउनुभयो ।










