आज देशभरको मौसम सफा रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसममा बदली नहुँदा हिमपात र वर्षाको सम्भावना छैन ।
“काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६ ५ डिग्री सेल्सियस थियो ।
दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ,” मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, “आज देशभर कतै पनि हिमपात र वर्षाको सम्भावना छैन ।”








