२४ घन्टामा १३ सय ४ संक्रमित थपिए ,२१ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय ४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा २१ कोरोना संक्रमितको मृत्यु भएको हो ।

यस सगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ ।

आज २ हजार ७३ संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख १६ हजार ५ सय ९४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  १० : ३१ बजे