बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रधानमन्त्री निवास नजाने पत्रकारहरुको घोषणा



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार सामाग्री संकलनको लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुलाई आज अपमान गरिएको छ ।

उनीहरुलाई मूल गेटको सडकमै रोकेर राखिएको छ ।

भित्र जान नदिइएपछी रिपोर्टिङका लागि बालुवाटार पुगेका पत्रकारहरुले प्रधानमन्त्रीको निवासभित्र नजाने घोषणा गरेका छन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकारहरुलाई प्रधानमन्त्री निवासभित्र प्रवेश गर्न दिइएको थिएन।

सुरुमा नाम टिपाईएपनि पछि सञ्चारकर्मीहरुलाई बाहिरै बस्न भनिएको हो ।

सञ्चारकर्मीहरु अब बाहिरै बस्ने र प्रवक्ताले सडकमै आएर बैठकको बारेमा सुचना दिनुपर्ने अडान राखेका छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  १० : ३८ बजे