नेकपा बैठक सकियो,अध्यक्षको प्रतिवेदनमाथि छलफल सुरु



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकको सुरुवातमा महासचिव विष्णु पौडेलको आज परेको जन्मदिनको अवसरमा केक काटेर नेताहरुले शुभकामना दिएका थिए ।

बैठक झण्डै ३ घण्टा चलेको थियो ।

आजको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमाथि नेताहरुले धारणा राखेका छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार  १० : ५७ बजे