चौबीस घण्टामा १३४३ संक्रमित थपिए,१३ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय ४३ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना संक्रमितको मृत्यु भएको हो ।

यस सगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ ।

आज २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख २० हजार २ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर १८, २०७७ बिहिबार  १० : ५५ बजे