पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय ४३ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तेस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १३ कोरोना संक्रमितको मृत्यु भएको हो ।
यस सगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५५१ पुगेको छ ।
आज २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म २ लाख २० हजार २ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।








