पछिल्लो २४ घण्टामा १ हजार २४ जना संक्रमित थपिए , १० जनाको मृत्यु



पछिल्लो २४ घण्टामा १ हजार २४ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ७४ जनाको पिसिआर परिक्षणमा १ हजार २४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

तेस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १० कोरोना संक्रमितको मृत्यु भएको हो ।यस सगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् । शनिबार थप २ हजार २ सय ६ जना डिस्चार्ज भएका छन् । यो संगै कोरोना भाइरसको संक्रमण जित्नेहरुको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

 

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार  ११ : ०१ बजे