प्रधानमन्त्री ओलिले बोलाए संवैधानिक परिषदको बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाकेका छन् ।

परिषदका अध्यक्ष ओलीले २८ मंसिरको विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक डाकेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न संवैधानिक निकायमा ४५ पदाधिकारी रिक्त भएको अवस्थामा प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।

यसलाई चासोका साथ हेरिएको अख्तियारमा रिक्त प्रमुख आयुक्त र २ आयुक्तको नियुक्ति अगाडि बढाउने प्रधानमन्त्रीको तयारीका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : मंसिर २५, २०७७ बिहिबार  १२ : १२ बजे