पछिल्लो २४ घण्टामा १ हजार ४४ जना संक्रमित थपिए , ११ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार ४४ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ ।

आज १२ सय ७१ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर २६, २०७७ शुक्रबार  ११ : ०० बजे