शबिबार ८ सय ९९ जना संक्रमित थपिए ,१५ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ सय ९९ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।

आज १ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।

आज सम्म २ लाख ३४ हजार २ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार  १० : ५७ बजे