२४ घन्टामा ८ सय ३० जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ८ सय ३० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ।

आज १ हजार ५ सय संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ३५ हजार ७ सय ३१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर २८, २०७७ आईतबार  १२ : १४ बजे