प्रधानमन्त्री ओलीकै कारण ‘राजा आउ देश बचाउ’ भन्ने नारा लाग्यो :शभापती देउबा



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि राजा फर्किने सम्भावना नभएको बताएका छन्।मकवानपुरको हेटौडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले केपी ओलीको कम्युनिस्ट सरकारको रवैयाका कारण राजावादी तत्व सल्बलाएको र आजित भएका जनताले पनि केही हुन्छ कि भनेर सोच्न थालेको बताए।

‘राजा आउ देश बचाउ भन्ने नारा लाग्नुमा कम्युनिस्ट सरकार जिम्मेवार छ। राजा ज्ञानेन्द्रले मलाई थुन्दा स्वतन्त्र न्यायलयले रिहा गर्‍यो। अहिले त ओली सरकारले अदालतमा कम्युनिस्टकरण गरिरहेको छ। राजा आउ भन्नेहरु ओलीकै कारण बोलिरहेका छन्,’ देउवाले भने, ‘कांग्रेसले त्रिभुवनलाई भारतबाट फर्काएर ल्याएकै हो। महेन्द्रलाई पनि मानेकै हो। तर प्रजातन्त्रलाई देखिसहेनन्। फेरि फर्किने कुरो छैन। राजा आउ देश बचाउ भनेर कराउनेहरु ओलीकै कारण कराइराख्या छन्।’

ओलीको स्वेच्छाचारीका कारणले यस्ता तत्वहरु बोलिरहेको भन्दै देउवाले सबैको समावेशी गणतन्त्रलाई नै सुधार्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे। ‘गणतन्त्रलाई राम्रो बनाउने हो, सुधार्ने हो। जनताप्रति जिम्मेवार बनाउ। जनता कांग्रेससँग छन्। कम्युनिस्ट मुक्त बनाउनुपर्छ।’

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा उठाइ रहेका बेला र अहिले भइरहेको आन्दोलनलाई समर्थन गरिरहेका बेला कांग्रेस सभापति देउवाले राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला पुगेर राजा फर्किने कुनै सम्भावना नभएको बताएका हुन्।

प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार  १२ : ३७ बजे