सोलुखुम्बु कांग्रेसले गर्‍यो सरकारबिरुद्द वृहत प्रदर्शन



कांग्रेसले देशैभरी सरकारविरूद्ध गरेको प्रदर्शनका क्रममा सोलुखुम्बुको सल्लेरिमा पनि बृहत प्रदर्शन भएको छ ।पार्टी कार्यलय वसन्तबजारबाट सुरुभएको जुलुस नयाँ बजार- तिनकुने हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर बिरोधसभामा परिणत भएको थियो।

प्रदर्शनपछी आयोजित बिरोध सभालाई सम्बोधन गर्दै पार्टिका केन्द्रिय सदस्य बलबहादुर केसिले बर्तमान सरकारले देशमा सर्बसत्ताबाद लाद्न खोजेको बताए ।

पुर्व मन्त्री समेत रहेका नेता केसीले कम्युनिष्ट सत्ताका कारण देश संकटमा परेको बताउदै सरकारकै कारण मुलुकमा बिदेशी चलखेल,भ्रष्टाचार र जनतामाथि नेकपा सरकारको थिचोमिचो बढेको आरोप लगाए ।नेता केसिले कांग्रेस अब चुप लागेर नबस्ने दाबी गर्दै सरकारको रबैया बिरुद्ध सशक्त ढंगले प्रतिबाद गर्ने चेतावनी दिए।

तेस्तै बिरोध सभालाई सम्बोधन गर्दै  कांग्रेस नेता एबम उद्योग व्यपार विभाग केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीले सरकार र सरकारको नेतृत्व गरिरहेको नेकपाले देशमा राजनितिक , आर्थीक र सामाजिक बिचलन ल्याएको दाबी गरे । नेता कार्किले कांग्रेस एकढिक्का भएर बर्तमान सरकार र नेकपाका गलत क्रीयाकलापको भण्डाफोर गर्नुपर्नेमा जोड दिए ।

कार्किले सबै तहको सरकार बनिसक्दा पनि जिल्लाको बिकाश सन्तोषजनक रुपमा अघी नबढेको बताउदै जिल्लाको बिकाश लाई अघी बढाउन पनि कांग्रेसको नेतृत्व आवाश्यक रहेकोमा जोड दिए ।उनले बर्तमान सरकारको अकर्मण्यताका कारण मुलुकले क्षति ब्यहोरिरहेको जिकिर गर्दै कांग्रेसको नेतृत्व स्थापित नभएसम्म देशले सही मार्ग पक्रन नसक्ने उल्लेख गरे ।

नेता कार्किले आगामी दिनमा पार्टी थप एकताबद्द भएर जनताको बिचमा जाने र जिल्लामा भएका अनिमियतता , लापरबाही र भ्रष्टाचारको भण्डाफोर गरिने धारणा राखे । उनले कांग्रेसले चुनाब हार्दा जिल्लाको समग्र बिकाश पछी परेको र अनिमियतता मौलाएको उल्लेख गरे

बिरोध सभामा बोल्दै सोलुखुम्बु कांग्रेसका जिल्ला सभापति विनोद कुमार वस्नेतले कम्युनिस्ट सरकारकाप्रती जनतामा बितृष्णा जागेको बताए ।उनले पछिल्लो समय कांग्रेसप्रती जनाताको आकर्षण बढेको दाबी गरे ।

कार्यक्रममा कांग्रेस आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पा , सोलु दुधकुण्ड नगरपालिका मेयर नामगेल जाङ्बु शेर्पा कांग्रेस सोलुखुम्बुका सहसचिव कुशराज राई, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली, तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा ,नेपाली कांग्रेस सोलुखुम्बुका प्रवक्ता सन्तोष कटेल , कांग्रेस नेता शुभराम बस्नेत, सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, नेबिसंघ सोलुखुम्बुका सभापति अश्बिन बाबू थापा, नेपाल महिला संघका अध्यक्ष छिण्डील्हमु शेर्पा लगायतले आ- आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : मंसिर २९, २०७७ सोमबार  १ : ४० बजे