नेपाली कांग्रेसका बरीष्ठ नेता राम चन्द्र पौडेलले हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी सरकारले सर्बसत्ताबादी र निरंकुस चरित्र देखाएको बताएका छन ।प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सिफारिसमा आजै राष्ट्रपती बिधादेबी भण्डारिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछी सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै बरीष्ठ नेता पौडेलले यस्तो बताएका हुन ।
पौडेलले सरकारले संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाएका छन ।
नेता पौडेलले “हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो, यस्ता कार्यको म घोर विरोध गर्दछु ।” भनेका छन ।
संबैधानिक परिषदको मुल मर्म बिपरित संबैधानिक निकायमा आफु अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।
— Ram Chandra Paudel (@NcPaudel) December 15, 2020
सरकारले जारी गरेको अध्यादेश प्रती सत्तारुढ दल भित्रै पनि रडाको मच्चिएको छ ।नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश ल्याएर सरकारले असंवैधानिक हर्कत गरेको आरोप लगाएका छन्।तेस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर सरकारले मनपरी गरेको आरोप लगाएका छन्।










