मङ्गलबार ९ सय ३६ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ९ सय ३६ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ५० हजार १ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ३८ हजार ५ सय ६९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : मंसिर ३०, २०७७ मंगलबार  १० : ४८ बजे