कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठुलो क्षति पुग्ने बताएका छन ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपती बिधादेबी भण्डारिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछी सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन ।
पौडेलले पार्टीभित्र अल्पमतमा परेपछी र लोकतन्त्रका न्युनतम मर्यादा नाघेपछी ओलीको शासन गर्ने वैधता समाप्त भैसकेको उल्लेख गरेका छन ।
उनले बर्तमान सरकारको आधा कार्यकाल काण्डै काण्डले बितेको र अहिले छापामार शैलीमा अध्यादेश ल्याएको भन्दै आक्रोश ब्यक्त गरेका छन ।
सरकारले जारी गरेको अध्यादेशप्रती सत्तारुढ दल भित्रै पनि रडाको मच्चिएको छ भने सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना शुरु भएको छ ।
पार्टीभित्रअल्पमतमा परेपछी र लोकतन्त्रका न्युनतम मर्यादा नाघेपछी ओलीको शासन गर्ने वैधता समाप्त भैसकेको थियो।संसद छल्ने तर अध्यादेश जारी गरेर ओलीको औचित्य बच्न सक्दैन।आधा कार्यकाल काण्डै काण्डले बित्यो।अहिले छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठुलो क्षति पुग्नेछ।
— Pradip Paudel (@paudelpradipNC) December 15, 2020










