छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठुलो क्षति : कांग्रेस नेता प्रदिप पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले छापामार शैलीमा ल्याएको अध्यादेशले देश र लोकतन्त्रलाई ठुलो क्षति पुग्ने बताएका छन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपती बिधादेबी भण्डारिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २०७७ जारी गरेपछी सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन ।

पौडेलले पार्टीभित्र अल्पमतमा परेपछी र लोकतन्त्रका न्युनतम मर्यादा नाघेपछी ओलीको शासन गर्ने वैधता समाप्त भैसकेको उल्लेख गरेका छन ।

उनले बर्तमान सरकारको आधा कार्यकाल काण्डै काण्डले बितेको र अहिले छापामार शैलीमा अध्यादेश ल्याएको भन्दै आक्रोश ब्यक्त गरेका छन ।

सरकारले जारी गरेको अध्यादेशप्रती सत्तारुढ दल भित्रै पनि रडाको मच्चिएको छ भने सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना शुरु भएको छ ।

प्रकाशित मिति : पुस १, २०७७ बुधबार  ४ : १३ बजे