सोलुखुम्बु जिल्लाको सोताङ गाउपालिकाका १७ जना नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।नबप्रबेसिहरुलाई नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले खादा लागाएर पार्टिमा स्वागत गरे ।
सोलुखुम्बु जिल्लामा शुरु गरिएको जिल्लाब्यापी सङ्गठन बिस्तार कार्यक्रम अन्तर्गत सोताङ गाउपालिकामा आयोजित भेटघाट एबम अन्तर्क्रीया कार्यक्रममा उनिहरु नेपाली कांग्रेसमा प्रबेश गरेका हुन ।
कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाश सिंह कार्किले बर्तमान सरकार र सत्तारुढ नेकपासगा जनता सन्तुष्ट हुननसकेको बताए ।नेता कार्किले अहिले देशमा केन्द्र देखी स्थानियस्तर सम्म भ्रष्टाचार बढेको उल्लेख गर्दै बर्तमान सरकारले भ्रष्टाचार काण्डहरुको छानबिन गर्न उदसिनता देखाएर भ्रष्टाचारी प्रबृत्तिलाई प्रश्राय दिएको कार्किले आरोप लगाए ।
स्थानियतहहरुले पनि सन्तोषजनक काम गर्न नसकेको जिकिर गर्दै कार्किले स्थानिय सरकारको नेतृत्व पनि जिल्ला र जिल्लाबासिको बिकाश भन्दा आफ्नो स्वार्थ पुरा गर्नमै अल्झिएको बताए ।
जिल्लाका स्थानिय तहहरुमा भ्रष्टाचार बढेको भन्ने ब्यापक जनगुनासो आइरहेको बताउदै कार्किले जिल्लामा भइरहेका अनिमियतता र भ्रष्टाचार रोक्न जततालाई थप जागरुक बनाउने काममा आफुहरु लाग्ने जनकारी दिए ।
जनताको समर्थन अझै कांग्रेसप्रतीनै रहेको धारणा राख्दै उनले पछिल्लो समय कांग्रेसप्रती जनताको झुकाब अझै बढीरहेको जिकिर गरे ।आगामी दिनमा नेपाली कांग्रेस थप एकताबद्द भएर जनाताको बिचमा जाने कार्किले बताए ।

तेस्तै कार्यक्रममा बोल्दै कांग्रेस सोलुखुम्बुका नेता रामबहादुर बस्नेतले अहिले नेकपाका सरकार र नेताहरुले देशमा लुटतन्त्र मच्चाइ रहेको आरोप लगाए ।कांग्रेसको सरकार नहुँदा देशमा बिकास निर्माण पछी परेको भन्दै उनले अझै पनि जिल्लाको बिकाशको नेतृत्व कांग्रेसलेनै गर्ने प्रष्ट पारे ।बस्नेतले आगामी महाधिबेशन पछी पार्टी अझै शसक्त भएर जिल्लाको बिकाशको नेतृत्व गर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल दलित संघका संगठन बिभाग प्रमुख एबम नेपाली कांग्रेस सोलुखुम्बुका नेता धर्म नेपालि, कांग्रेस सोलुखुम्बुका नेता दिप राइ,नेबिसंघका नेता दिनराज बास्तोला, नेपाली कांग्रेस सोताङ गाउपालिकाका सचिब दिपक राइ प्रबक्ता दिपक कोइराला लागायतले आ- आफ्नो धाराणा राखेका थिए ।








