सभामुख सापकोटाको ज्यान मुद्दा ब्युँतियो, सर्वोच्चमा पेशी तोकियो



प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटामाथि ज्यान मुद्दामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको सुनुवाई शुरु भएको छ। सशस्त्र द्वन्द्वका क्रममा कार्भेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै सर्वोच्चमा मुद्दा परेको छ।

सो मुद्दा शुक्रबारको पेशीमा चढेको हो। प्रधानन्यायधी चोलेन्द्रशम्शेर जबरा तथा न्यायधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाई हुने भएको हो।

२०६२ बैशाख १६मा श्रीकृष्ण मावि, दाप्चाबाट अहपरणमा परेका लामा मारिएका थिए। उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्।

प्रहरीले जाहेरी लिएन । त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्‍यो।

सापकोटालाई सत्तारुढ दल नेकपाले सभामुख बनाउने निर्णय गरेपछि त्यसको सवत्र आलोचनासमेत भएको थियो। ज्यान मुद्दाका अभियुक्तलाई सभामुख बनाइएको भन्दै त्यतिबेला नै आलोचना भएको थियो। अभ्m काँग्रेसले उनको उम्मेदवारीविरुद्ध आफ्नो उम्मेदवार नउठाउपछि काँग्रेसको पनि आलोचना भएको थियो।

तर, रोचक कुरा के छ भने अहिले सत्तारुढ दल नेकपामा आन्तरिक विवाद चर्किरहेका बेला सापकोटाको मुद्दामाथि सर्वोच्चमा सुनुवाई हुन लागेको हो। सभामुख सापकोटाले संवैधानिक परिषद्को बैठक नै बहिस्कार गरेर नेकपाको आन्तरिक विवादमआ आफूलाई पनि मुछेका थिए।

प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार  ७ : ५४ बजे