प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
ओलीले बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।
यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो ।
त्यसपछि नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपाका सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए ।
बिहीबार उनले त्यसलाई उल्लंघन गर्दै संवैधानिक परिषदको बैठक डाकेका थिए ।








