प्रचण्ड–नेपाल पक्षका ७ मन्त्रीले दिए राजीनामा



वर्तमान सरकारका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । राजीनामा दिनेमा उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय यादव, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुषाल र वनमन्त्री शक्ति बहादुर बस्नेत रहेका छन् । पूर्व माओवादी खेमाका मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्टले भने प्रधानमन्त्री ओलीलाई नै साथ दिएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका वर्षमान पुनले आवेगमा राजीनामा नदिएको बताए । गल्ती गर्‍यौं भनेर सोच्न र त्यसलाई सच्याउन प्रधानमन्त्रीलाई दबाव होस् भनेर सामूहिक राजीनामा दिएको उनको भनाइ थियो ।त्यस्तै, नेता भुसालले भने, नेपालको राजनीतिमा एक गम्भीर दुर्घटना भएको बताए ।

प्रकाशित मिति : पुस ५, २०७७ आइतबार  १२ : २९ बजे