ताजा जनादेशमा जानु बाध्यता : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर ताजा जनादेशमा जाने आफ्नो रहर नभएको बताएका छन् ।

सोमबार ओलीले आफूलाई पार्टीभित्र घेराबन्दी गर्ने, देशी विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको बताए । ओलीले सांसदहरुलाई सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गरे ।

उपाध्यक्षभन्दा मन दुखाउलान् भनेर मात्र प्रचण्डलाई अध्यक्ष दिएको बताए । अहिले पनि संसदीय दलको नेता र पार्टीको अध्यक्ष आफू भएको भन्दै उनले उपयुक्त समयमा संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन् ।

प्रकाशित मिति : पुस ६, २०७७ सोमबार  ७ : २८ बजे