संसद् विघटन संविधान बिपरित भएको कांग्रेस, नेकपा र जसपाको निष्कर्ष



तीन मुख्य राजनितिक दलले संसद् विघटन गर्ने कार्य आप्पत्तिजनक भएको निष्कर्श निकालेका छन ।  नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा प्रचण्ड–नेपाल समूहले संसद् विघटन गर्ने कार्य अलोकतान्त्रिक र संविधान विरोधी भएको ठहर गरेका हुन ।

कांग्रेस केन्द्रिय कार्यलय सानेपामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको बैठकपछी नेताहरुले बताएका छन ।

बैठकपछि बाहिरिने क्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबारे जानकारी दिँदै संसद् विघटनको निर्णय असंवैधानिक भएको ठहर गरेको जानकारी दिए। ‘संसद् विघटन संविधानमाथिकै आक्रमण भएको ठहर गरेका छौँ,’ उनले भने, ‘तीनवटै पार्टीको केन्द्रीय समितिको बैठकपछि थप निर्णय लिइने छ।’

तिनै दलको केन्द्रिय समिती बैठक पछी थप छलफल गर्नेगरी बैठक सकिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : पुस ६, २०७७ सोमबार  १ : ०० बजे