नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठक अवैधानिक भएको दाबी गरेका छन् ।
बबरमहलस्थित कार्की बैंक्वैटमा आफ्ना पक्षका नेताहरु सहभागी केन्द्रिय समिति बैठकमा बोल्दै दाहालले बालुवाटार बैठक अवैधानिक भएको बताएका हुन् । उनले एक तिहाइ सदस्य नपुग्नेले तीन तिहाइ सदस्य थप गरें भन्दै हल्ला गर्नु हाँस्यास्पद भएको समेत बताए । ‘एक तिहाइ पनि पुर्याउन नसक्नेले तीन तिहाइ सदस्य थपें भनेर भन्न मिल्छ ?,’ अध्यक्ष दाहालले संवोधनका क्रममा भने ।
तेस्तै बैठकले ओलीलाई अध्यक्षसहित पार्टीबाट हटाउने निर्णय गरेको छ ।बैठकमा ३ सय भन्दा बढी मौजुदा केन्द्रिय सदस्य सख्या मध्ये ३ सय १० जना उपस्थित थिए । ४४७ मौजुदा सदस्य सख्याको दुई तिहाई हो ।
नेकपाको मौजुदा केन्द्रीय कार्यसमितिको ४ सय ४७ मध्ये ३ सय १० जनाको उपस्थिति भएको बैठकले ओलीलाई हटाउने निर्णय गरेको हो । बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको थियो । वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए ।








