नेपाली कांग्रेसको बैठक आज पनि बस्दै, आन्दोलनमा जाने तयारी



आज पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकबाट प्रदर्शन सुरु गर्ने मिति तय हुने सम्भावना रहेको छ । तर संसद विघटनविरुद्ध आन्दोलन गर्ने सवालमा कांग्रेसभित्रै पनि फरक मत छ ।सभापति शेरबहादुर देउवा सर्वोच्च अदालतबाट फैसला नआउन्जेल कुर्नुपर्ने पक्षमा छन् भने यता वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएका छन् ।

बुधबारको बैठकमा तत्काल आन्दोलनमा जाने कि नजाने भन्ने बिषयमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बैठकमा भनाभन समेत भएको थियो । ओलीको कदमबारे सर्वोच्चको फैसला र नेकपाबारे निर्वाचन आयोग निर्णय नआएसम्म पार्टी आन्दोलन जान नहुने सभापति देउवाको भनाइ थियो ।

 

प्रकाशित मिति : पुस ९, २०७७ बिहिबार  ३ : ५९ बजे