कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सांसद विघठन संवैधानिक बिषय मात्रै नभएर राजनैतिक बिषय पनि भएको बताएका छन ।
ओली सरकारले गरेको सांसद विघठनका बारेमा ट्विटर मार्फत प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन ।
पौडेलले सांसद विघठनपछी जनमतको सम्मान र अपमान गर्नेहरूबीच लडाई शुरु भएको उल्लेख गरेका छन ।
उनले अदालतबाट आउने फैसला काँग्रेसको राजनैतिक दिशा हुनुहुँदैन भन्दै लोकतन्त्रको रक्षा गर्न अविलम्ब आन्दोलनका कार्यक्रम लिएर सडकमा जाने उद्घोष गरेका छन ।
प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली सरकारको कदमलाई कांग्रेसले असंवैधानिक भन्दै आएको छ ।








