ओलि सरकारको हर्कतका बिरुद्द सडकमा जान्छौ : कांग्रेस नेता पौडेल



कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले सांसद विघठन संवैधानिक बिषय मात्रै नभएर राजनैतिक बिषय पनि भएको बताएका छन ।

ओली सरकारले गरेको सांसद विघठनका बारेमा ट्विटर मार्फत प्रतिक्रीया दिदै नेता पौडेलले यस्तो बताएका हुन ।

पौडेलले सांसद विघठनपछी जनमतको सम्मान र अपमान गर्नेहरूबीच लडाई शुरु भएको उल्लेख गरेका छन ।

उनले अदालतबाट आउने फैसला काँग्रेसको राजनैतिक दिशा हुनुहुँदैन भन्दै लोकतन्त्रको रक्षा गर्न अविलम्ब आन्दोलनका कार्यक्रम लिएर सडकमा जाने उद्घोष गरेका छन ।

प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली सरकारको कदमलाई कांग्रेसले असंवैधानिक भन्दै आएको छ ।

प्रकाशित मिति : पुस ९, २०७७ बिहिबार  १० : ०५ बजे