सरकारले गरेको प्रतिनिधिसभा विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथी आजबाट संवैधानिक इजलाशमा सुनुवाइ हुँदैछ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले गत बुधवार संसद विघटनप्रति संवैधानिक प्रश्न’ उठाउँदै दर्ता गरिएका दर्जन रिट संवैधानिक इजलाशमा पठाउने निर्णय गरेका थिए ।
संवैधानिक इजलाशका तीनजना न्यायाधीशको बहुमतले मुद्दा फैसला गर्ने कानुनी प्रावधान छ ।
जस अनुसार वरिष्ठ न्यायाधिशहरु दीपक कुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा र मीरा खड्कामध्येबाट प्रधानन्यायाधीशले आफूसमेत गठण गर्ने पाँच जनाको इजलाशको बहुमतले मुद्दा फैसला गर्नेछ ।








