काठमाडौं आएको चार सदस्यीय चिनियाटोलले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेको छ ।भेटमा संसद विघटन र नेकपा विभाजनबारे कुराकानी भएको बुझिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको विवाद मिलाउन सक्रिय चिनियाँ उच्च राजनीतिक टोली हिजो साझाबाट नै भेटघाटमा व्यस्त छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाऊसहितको छ सदस्यीय टोलीले आजै नेकपा प्रचण्ड समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको थियो ।
टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ पनि भेटघाट गरेको थियो वालुवाटार स्रोतका अनुसार आइतबार साँझ प्रधानमन्त्रीसँग भएको भेटका क्रममा दुई देशबीचको हित साथै चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चिनियाँ राष्ट्रपति सि जिङपिङ, महासचिव र चिनियाँ प्रधानमन्त्रीले नयाँ वर्ष २०२१ का लागि दिएको शुभकामना सन्देश सुनाएका थिए। सोमबारका भेटमा भने संसद विघटन र नेकपा विभाजनबारे कुराकानी भएको छ ।








