प्रतिनिधिसभा विघटनविरुद्ध सोलुखुम्बु कांग्रेसले गर्‍यो सल्लेरिमा बृहत प्रदर्शन



प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसद्वारा १६५ निर्वाचन क्षेत्रमा घाेषित विराेधसभा अन्तर्गत सोलुखुम्बु कांग्रेसले जिल्लाको सदरमुकाम सल्लेरिमा बृहत प्रदर्शन गरेको छ ।प्रदर्शनमा सहभागी हुन जिल्लाका बिभिन्न ठाउहरुबाट कांग्रेस नेता कार्यकर्ताहरु सदरमुकाम सल्लेरी आएका थिए ।

विरोध कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रिय सदस्य एबम पूर्व मन्त्री बलबहादुर केसिले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेर देशमा लोकतन्त्र सिध्याउन खोजेको बताए ।नेता केसिले प्रधानमन्त्री ओलिले ‘कु’गरेर देश डुबाउन खोजेको आरोप लगाउदै सरकारप्रती आक्रोश पोखे ।

तेस्तै विरोध सभामा बोल्दै कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले ओलि सरकार जताततै असफल भइसकेको बताए ।नेता कार्किले आर्थीक सामाजिक रुपमा पहिल्यै असफल भइसकेको सरकार पछिल्ला घटनाक्रमहरुले राजनितिक रुपमा पनि असफल भइसकेको दाबी गरे ।

कोरोना सङ्क्रमणले देशमा नागरिकहरु लामो दुरी पैदल हिडेर घर फर्कन बाध्य भएको स्मरण गराउदै नेता कार्किले महामारीले जनता आक्रान्त हुँदा राज्यको दायित्वभित्र पर्ने स्वास्थ्य उपचार गर्ने बजेट ब्यबस्था गर्न नसक्ने सरकारले निर्बाचन घोषणा गरेर राज्यलाई टाट पल्टाउन खोजेको आरोप लगाए ।कुसासन र बेरोजगारी खेपिरहेका जनता महामारिले थप असुरक्षित हुँदा समेत ओलि सरकार मुकदर्शक बनेको भन्दै कार्किले आक्रोश पोखे

। राजनितिक स्थिरताको नारा लगाएर ५ बर्षका लागी जनमत पाएको सरकारले जनमतको उपेक्षा गर्दै उल्टै राजनितिक अस्थिरता निम्त्याएर देशको बिकाशलाई अझै दशकौ पछी धकेलेको कार्किले आरोप लगाए ।कम्युनिष्टहरु सत्तामा पुग्दा भ्रष्टाचार बढेको र देश आर्थीक सामाजिक र राजनितिक रुपमा फेरी पछीपरेको नेता कार्किले उल्लेख गरे ।

तेस्तै बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सोलुखुम्बु कांग्रेसका सभापति विनोदकुमार बस्नेतले कांग्रेसले अब सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने बताए ।सरकार भ्रष्टाचारमा लिप्त रहदा गाउ गाउ सम्म बिकाश पछी परेकोले अब देशमा कांग्रेसकै नेतृत्व स्थापित हुनुपर्ने बस्नेतले धारणा राखे ।

विरोध प्रदर्शनमा महासमिति सदस्यहरु, जिल्ला कार्यसमितिका पदाधिकारी एबम सदस्यहरु भातृ तथा शुभेच्छुक संस्थाका नेताहरु लगायतको उपस्थिती थियो ।

प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार  ८ : ४४ बजे