प्रचण्ड–नेपाल नेकपाले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने



नेकपा (प्रचण्ड–नेपाल) पक्षले दोस्रो चरणका शक्ति प्रदर्शन कार्यक्रम पुस १५ गते घोषणा गर्ने भएको छ । दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि नै उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बोलाईएको छ । प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा (प्रचण्ड–नेपाल) पक्षले सो विरोध कार्यक्रम गरेको हो ।

प्रवक्ता योगेश भट्टराईले १२ बजे स्थायी समिति सदस्य बैठक बसेर भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र ३ बजे कार्यक्रम घोषणा गर्ने जानकारी दिए । नेकपाले ओली कदमका बिरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार  १ : २४ बजे