नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले प्रदेश १ मा संसदीय दलको नेताबाट मुख्यमन्त्री शेरधन राईलाई हटाएको छ ।
उक्त समुहले मुख्यमन्त्री शेरधन राईलाई हटाएरा संसदीय दलको नेताआमाअ भीम आचार्यलाई चयन गरेको छ ।
नेकपाको संसदीय दलका ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता गराइएको छ ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो समूहले राईलाई कारबाही गर्दै हटाएर दलको नेतामा आचार्यलाई चयन गरेको हो ।










