प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नै खतरामा परेकोले नयाँ जनादेशको लागि सिफारिश गर्नुपरेको स्पष्ट पारेका छन् ।
उनले संसद पूनःस्थापना कुनैपनि हालतमा नहुने जिकिर गरेका छन् । आफू पक्षधरको काठमाडौं जिल्ला कमिटीको भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
कार्यक्रममा ओलिले दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड नेपाल नेकपालाई चुनौती दिए ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै चुनौती दिएका छन् ।
ओलीले दाहाल-नेपाल पक्ष पुनः पार्टीमा फर्कने दाबी गरे । उनले अब फर्किएपछि उपद्रो मच्चाउन नदिने बताए । साथै उनले फर्किएकाहरुलाई केन्द्रीय कमिटीभन्दा माथिल्लो तहमा नराखिने बताए । ‘अब उहाँहरूलाई थन्कोमा राखिन्छ ।’








