ठूलो कोठामा को सुत्ने झगडामा घरमै आगो लगाए: पूर्वप्रधानमन्त्री भट्टराई



पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बर्शौको मेहनेताले दु:ख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको बताएका छन्। भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै आर्किटेक्ट इञ्जिनियर भएर राजनीतिमा यतिठूलो पदमा पुगेर पनि संघीय लोकतान्त्रिक गणतन्त्रको घरलाई व्यवस्थित गर्न नसकेको भन्दै पिडा समेत पोखेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेर गणतन्त्रको घरमा ‘आगो लगाएको’ उनले उल्लेख गरेका छन्। उनले घरझगडामा छिमेकी भने रमिते बनेको बताएका छन्।‘केही सन्तान आगो निभाउनु सट्टा खरानीको लागि दौडिँदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ’ उनले भनेका छन्।

प्रकाशित मिति : पुस १९, २०७७ आइतबार  ५ : २२ बजे