काँग्रेसको विरोध कार्यक्रमलाई शसक्त बनाउन मातहतका समितीहरुलाई तरुण दलको निर्देशन



नेपाली काँग्रेस पार्टीले सार्वजनिक गरेका विरोध कार्यक्रमलाई देशब्यापी शसक्त बनाउन नेपाल तरुण दलले आफु माहतहतका सबै जिल्ला समितिहरुलाई निर्देशन दिएको छ ।दलका अध्यक्ष जित जङ्ग बस्नेतले एक परिपत्र जारी गर्दै सबै जिल्ला समितीहरुलाई निर्देशन दिएका हुन ।

परिपत्रमा के .पी . शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा शसक्त आन्दोलनमा उत्रीन पनि दलले आग्रह गरेको छ । जिल्ला पार्टी संग समन्वय तरुण दल जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गराउन पनि परिपत्र दलाले मार्फत निर्देशन गरेको छ ।

प्रकाशित मिति : पुस २०, २०७७ सोमबार  ३ : ४९ बजे