प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाको सर्बोच्चमा सुनुवाइ हुँदै



प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको अन्तिम सुनुवाइ जारी रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहित अन्य चार न्यायाधिसको ईजलासमा रिट माथीको सुनुवाई हुन लागेको हो । पाँच सदस्यीय संवैधानिक इजलासमा यस अघि नै न्यायधीसहरुलाई निरन्तरता दिईएको छ ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका दर्जन बढी मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेका थिए।

राणाले गठन गरेको इजलासमा यसअघि पुस १० गतेको इजलासमै भएका न्यायाधीशहरू छन्।

ईजलासमा प्रधानन्यायाधीश जबरा संगै न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा र तेज बहादुर केसी  छन्

 

प्रकाशित मिति : पुस २२, २०७७ बुधबार  ७ : ०८ बजे