मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्रीले दिए राजीनामा



सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहोराले राजीनामा दिएका छन् ।

केपी शर्मा ओली समूहका ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत रहेका बोहोराले बुधबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेका हुन् ।

नेकपा विभाजन हुँदा हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई बर्खास्त गरेका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  १२ : ३० बजे