कांग्रेस नेता खतिवडाले गराए मन्त्री नेम्वाङलाई ध्यानाकर्षण



पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगाको सडकहरु र पक्की पुलहरु सुचारु गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्री र सचिवको ध्यानाकर्षण गराएका छन् ।

भेटमा मन्त्री वसन्त नेम्वाङले मिर्चैया(कटारी(घुर्मी सडक स्तरोन्नतिको लागि ३० करोड छुट्टाएको जानकारी दिदै जिल्लाका अन्य योजनाहरुलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

खतिवडाको टोलीले साघुटार(घोराखरी(ओखलढुंगा(सिलौरीघाट सडक कालो पत्रे गर्न, लिखु एकवार सडक निर्माण गर्न, मोलुङ एकवर सडक निर्माण गर्न, दुधकोशी एकवार सडक निर्माण, ढाडे(सिरिसे(रगनी खिजिदेम्बा हुँदै रावदोलु सडक निर्माण, नवलपुर(पलापु(कोषभञ्ज्याङ् हुँदै ककणी जाने बाटो निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेका थिए।

घोराखरी(श्रीचौर कडक निर्माण, मध्य पहाडी अन्तरगत बहादुरा खोला पुल,खाङ्साङवेसि खोलामाथिको पक्की पुल र सोखु खोला पक्की पुल चाँडो निमार्ण गर्न, प्रदेश नम्बर १ जाने बाटो निर्माण, मिर्चैया(कटारी(घुर्मी सडक स्तरोन्नती गरि कालो पत्रे गर्ने, खार्ते खोला पुल निर्माण, पोकतुङ्ग खोला पुल निर्माण र ओखलढुंगा सुनकोशी गाउँपालिका र सिन्धुली फिक्कल गाउँ जोड्ने पक्की पुल निर्माण गर्न खतिवडा नेतृत्वको डेलिगेशनले माग गरेको थियो ।

डेलिगेशनमा ओखलढुंगा कांग्रेस जिल्ला पार्टी उपसभापती तेजेन्द्र खनाल, उदयपुर महासमिति सदस्य कृष्ण राउत, कांग्रेस नेता अशोक कार्की, युवा नेता प्रकाश दाहाल, बिकास राई, माधब खतिवडा, अनुपम सापकोटा र निश्चल खतिवडा सहभागी थिए।

प्रकाशित मिति : पुस २३, २०७७ बिहिबार  ९ : ३८ बजे